संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैनः सुवास नेम्वाङ

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैनः सुवास नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन् । 

सङ्घीय संसद्द्वारा आज आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तर्क्रियामा नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँग नभएको उल्लेख गरे ।

उनले भने, “संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो ।”

मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने किन गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्यता हुन नसकेपछि सङ्घीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् ।

त्यस्तै, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको टिप्पणी गरे । उनले भने, “सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौँ, संवाद गरौँ, संवादको विकल्प संवाद मात्रै हो । अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ ।”

Skip This
Skip This
Logo