सदन अवरोध खुलाउन सभामुखले आज पनि छलफल गर्दै

सदन अवरोध खुलाउन सभामुखले आज पनि छलफल गर्दै

केन्द्रबिन्दु
0
Shares

सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले आज पनि छलफल गर्दैछन्। झन्डै एक महिनादेखी संसद अवरोध भएपछि सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन्।

सिंहदरबारस्थित संसद सचिवालय भवनमा बैठक ११ बजे बोलाइएको छ। सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन्।

सुन प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरुद्ध गरिरहेको छ। सभामुख घिमिरेले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए। 

Logo