संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठकमा जुटेन सहमति

संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठकमा जुटेन सहमति

केन्द्रबिन्दु
0
Shares

संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक विनानिष्कर्ष सकिएको हो । सदन खुलाउनुपर्छ भन्नेमा सबै दल एक रहेको तर, ठोस सहमति भने नजुटेको रास्वपा सभापति रवि लामिछानेले जानकारी दिए । यसको लागि भोलि फेरि बैठक बस्नेगरी नेताहरू बाहिरिएका छन् । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, रास्वपा सभापति रवि लामिछाने, प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतकी अनितादेवी साह सहभागी थिए ।

Logo