लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरेका छन् । 

१७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लाल आयोगको प्रतिवेदन गोप्य राख्ने गरी आफूले कुनै निर्णय नगरेको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा रहेको जिकिर गरे ।  

उनले भने, ‘लाल आयोगको प्रतिवेदनसम्बन्धी कुरा उठेको छ र अर्को सचिव झिकेको कुरा छ । म त्यस खालका प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा सुरूदेखि नै छु । र यो मेरो पालामा अदालत गएको होइन ।अब के गर्ने भन्ने कुरामा म तपाइँहरुकै सुझावलाई ध्यान दिन्छु । स्पस्ट होस् सचिव झिकेको पनि मेरो पालामा होइन ।’ 

उनले उक्त प्रतिवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उक्त विषयलाई सकारात्क ढंगले हेर्ने भन्दै लोकतन्त्र,सुशासन र पारदर्शिता र सामाजिक न्यायप्रति गहिरो प्रतिवद्धता रहेको जिकिर गरे । 

२०७२ सालमा मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका आन्दोलनमा तत्कालिन सरकारका तर्फबाट आन्दोलन पक्षमाथि भएको बलप्रयोग र ज्यादतीका विषयमा अध्ययन गर्न गठित आयोगलाई लाल आयोगको रुपमा चिनिन्छ । तत्कालिन न्यायाधीश गिरिशचन्द्र लालले आयोगको नेतृत्व गरेर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । तर उक्त प्रतिवेदन हालसम्म पनि गोप्य राखिएको छ । 

Skip This
Skip This
Logo