संगीतको कुनै सिमाना हुँदैन, ठालुहरुले तोकेको भौतिक सिमा पनि तोडिन सक्छः मन्त्री किराती

संगीतको कुनै सिमाना हुँदैन, ठालुहरुले तोकेको भौतिक सिमा पनि तोडिन सक्छः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ठुला ठालुका कारण मान्छे र माटोमासिमालगाउने प्रवृत्तिकुनै दिन अन्त्य हुनसक्ने बताएका छन् । 

आईतबार काठमाडौंमा आयाेजित वार्षिकोत्सव तथा साधारण सभा एवं श्रष्टा सम्मान कार्यक्रममा मन्त्री किरातीले राज्य र राज्य सत्ताले गर्दा मान्छे र माटोमा सिमाना लागेको बताएका हुन् । त्यो विस्तारै तोडिने उनको अनुमान छ । 

‘गीत संगितमा सिमाना नहुने रैछ तर सिमाना पृथ्वीमा छ मान्छेमा छ । त्यो कसले लगायो ? यी सबै ठुला ठालुहरुले लगाए । पहिले पृथ्वी र यहाँको हावा पनि साझा थियो । यहाँ कामपनि साँझै थियो । तर मान्छे र माटोमा सिमाना लाग्दै गयो र हाम्रो २४से राज्य निमार्ण गर्ने प्रवृतिहरुले मुख्यगरी राज्य र राज्य सत्ताले एक दिनत्यो सिमाना समाप्तहोला तर हामी नरहौला।’ उनले भने । 

मन्त्री किरातीले गीतसंगीतको क्षेत्रबाट कतिपय मुलुकहरुमा आर्थिक क्षेत्रमा सहजता प्रदान गरेको बताए । नेपालमा पनि यो क्षेत्रले महत्वपूर्ण योगदान दिने तर सरकारले यो बाटोमा कदम चाल्नुपर्ने उनको भनाई छ ।  

Logo