नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक बस्दैछ। हिजोदेखी सुरू भएको पोलिटब्युरो बैठकले आज पनि निरन्तरा पाउन लागेको हो। बैठक बिहान ११ः०० बजे बोलाइएको छ।
हिजोको बैठकमा एजेन्डामाथि आफ्ना धारणा राख्ने पोलिट्ब्युरो सदस्यहरुमा उमेश डागी, कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गङ्गा नेपाल,गणेश बिके, गणेश काङ्वाङ्, गोपाल बराल, चन्द्र ब शाही, चिरन्जिवी आचार्य, टहलबहादुर खडका, दिनेश राइ, दिलु पन्त, देउमान साम्बाहम्फे, देव शन्कर, धर्म निरौला, निरा जैरु, निर्मल सुबेदी, परमानन्द भट्ट,पिएल श्रेष्ठ, प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमल खनाल, बलदेव चौधरी, बसन्त मानन्धर लगायतले आ- आफ्नो धारणा राखेका थिए।
हिजोको बैठकमा अध्यक्ष नेपालले सबै चुनौतिहरुको सामना गर्दै पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको जनाएका थिए। ‘नेकपा एकीकृत समाजवादी समयको माग हो, यसको महत्व दिनदिनै बढिरहेको छ। यो नै कम्युनिष्ट विचारधारा भित्रको उत्तम विकल्प हो, पार्टी सदैव राष्ट्रियता को रक्षा र सम्बर्धन गर्न जनजिविकाको लागि संर्घष गर्न समाजवाद्को धेय पुरा गर्न र जनतालाई सुशास्न प्रदान गर्न लागि नै रहने छ,’ नेपालले भने,‘पार्टी संधै भरि भ्रष्टाचारका विरुद्धमा छ र नेपाल सरकारलाई पनि आजको भ्रष्टाचार विरोधी कार्यलाई निरन्तर अगाडि बढाउन आह्वान गर्दछ।’





























प्रतिक्रिया