कोशी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

कोशी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

केन्द्रबिन्दु
0
Shares

आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ। कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे बोलाइएको छ। 

तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन्। तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भएपछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिएपनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै आएका छन्।

उपसभामुख दनुवारले सभाकाे अध्यक्षता नगर्ने भएपछि सत्तारूढ दल सशंकित हुँदै आएकाे छ। सो बैठक अघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिएपछि थापाको सरकार थप संकटमा परेको छ। मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाइएको छ।

उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने सरकार टिकाउनका लागि राप्रपाका काेशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हाे। यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भएपछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन।    

Skip This
Skip This
Logo