उपसभामुख दनुवार काठमाडौँ आउँदा अप्ठ्याराेमा कोशीका मुख्यमन्त्री थापाकाे पद

उपसभामुख दनुवार काठमाडौँ आउँदा अप्ठ्याराेमा कोशीका मुख्यमन्त्री थापाकाे पद

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौँ हिँडेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र परेको छ। थापाले आज विश्वासको मत लिने कार्यसूची तय भएपछि पार्टी निर्देशनमा उपसभामुख दनुवार काठमाडौँ हिँडेकी हुन्। 

एमालेबाट निर्वाचित उपसभामुख दनुवार बिहान एती एयरलाइन्सको पहिलो उडानबाट काठमाडौँ हिँडेको जनाइएको छ। सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थापाको पक्षमा बहुमत ४७ प्रदेशसभा सदस्यको मात्र समर्थन रहेको छ। प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ।

अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा छिन्। उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् भने उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने जानकारी सचिवालयलाई गराएका छन्। 

त्यसपछि अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन्। उनीहरु मध्य एकले बैठकको अध्यक्षता गरे मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्दैन। त्यसलाई मध्यनजर गर्दै एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना ज्येष्ठ सदस्यहरूलाई अनुपस्थित हुन निर्देशन दिएका छन्। दलको निर्देशन एमाले र राप्रपाकाकेही सांसदले बिदा लिएका छन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसदको समर्थन छ। विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन्। 

Logo