तीन तहका सरकार एक-अर्काका परिपुरक हुन्ः प्रधानमन्त्री प्रचण्ड

तीन तहका सरकार एक-अर्काका परिपुरक हुन्ः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्काेकाे परिपुरक भएकाे बताएका छन्। विश्वका उत्कृष्ट संविधान जस्तै नेपालकाे संविधान पनि उत्कृष्ट रहेकाे बताएका हुन्। उनले  प्रदेश सरकार जिम्मेवार भई काम गर्न समेत आग्रह गरे

कर्णालीकाे समस्य नजिकबाट नियालेकाे कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले  कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएकाे समेत बताए। कर्णाली एक सभ्याता भएकाे र कर्णाली सधैँ  आफ्नाे प्राथमिकतामा रहेकाे उनकाे भनाइ छ। कर्णालीकाे सबै खालका सडक निर्माण गर्न पहल जारी राखेकाे बताएका उनले चीन भ्रमणकाे समयमा केही सडककाे बारेमा कुरा हुने बताए।

कर्णाली प्रदेश स्थापना दिवसकाे अवसरमा आयाेजत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुकाे सहभागिता रहेकाे थियाे। प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडाेर र भेरी करिडाेरमा दुई लेनकाे सडक निर्माण गरे कर्णाली समृद्धिकाे एक ढाेका खुल्ने बताए।  

Logo