सत्ता स्वार्थको लागि मात्र गठबन्धन बनेकाे होइनः वर्षमान पुन

सत्ता स्वार्थको लागि मात्र गठबन्धन बनेकाे होइनः वर्षमान पुन

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले गठबन्धन सत्ता स्वार्थको लागि नभएको जिकिर गरेका छन् । 

सोमबार स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसको अवसरमा आयोजित प्रजातान्त्रिक समाजवादका आयामहरु विषयक संवाद कार्यक्रममा नेता पुनले सैद्धान्तिक कुराहरु मिलेर नै गठबन्धनको सरकार बनेको बताएका हुन् । 

‘सैद्धान्तिक कुराहरु मिलेर नै हामी गठबन्धनको सरकारमा छौं । मात्र यो सत्ता स्वार्थको लागि होईन् । हामी फरक तरिकाले लड्यौं र शान्ति सम्झौता हुँदै  संविधानसभामार्फत संविधान निमार्ण गर्न सांझा विन्दु बनायौं ।’ पुनले भने ।

मार्क्सवादलाई सबैले आफ्नो अध्ययनको विषय र आधार बनाउनु पर्ने र साझा विन्दुमा रहेर सहकार्य गरेर अगाडि बढ्नुपर्ने पनि नेता पुनले बताए । 

Skip This
Skip This
Logo