जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश र विभागको जिम्मेवारी हेरफेर र तोकेको छ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती, राजकिशोर यादवलाई लुम्बिनी, प्रकाश अधिकारीलाई कर्णाली र गोविन्द चौधरीलाई सुदुरपश्चिम प्रदेश इन्चार्ज तोकेको हो।
बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र देवनारायण याादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ। संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ भने रेणु यादव र लाक्पा शेर्पालाई सदस्यको जिम्मेवारी दिइएको छ।
लालबाबु राउत नेतृत्वमा संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुख बनाउँदै जसपाले शैलेन्द्र साह र सनबहादुर राईलाई सदस्य तोकेको छ। सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिसकुमार सुमन र सदस्यहरुमा लक्ष्मण हुमागाईं र योगराज वनेम रहेका छन्।
युवा,विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठलाई तोकिएको भने विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधानले सदस्यको जिम्मेवारी पाएका छन्।
लिला सिटौलाको संयोजकत्वमा महिला विभाग गठन गर्दै जसपाले उर्मिला साह, मञ्जु अन्सारी, विनीता यादव र किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मालाई सदस्यको जिम्मेवारी तोकिएको छ।





























प्रतिक्रिया