सरकारमा कांग्रेसको नेतृत्व गरेका उपप्रधानमन्त्री खड्काले गरे मन्त्रीहरुसँग छलफल

सरकारमा कांग्रेसको नेतृत्व गरेका उपप्रधानमन्त्री खड्काले गरे मन्त्रीहरुसँग छलफल

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गरेका हुन् । सरकारको काम कारबाहीको आलोचना हुन थालेपछि मन्त्रालयगत कामकारबाही, समन्वय तथा आगामी योजनाको विषयलगायतमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । 

बैठकमा उपप्रधानमन्त्री खड्कासहित कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य सहभागी थिए । कांग्रेसबाटै अर्थमन्त्री बनेका प्रकाशशरण महत भने क्यानडामा रहेकाले छलफलमा सहभागी थिएनन् ।

Logo