रवि लामिछानेकाे असन्तुष्टि- शीर्ष नेताको साक्षी बस्नु बदनाम हुनु मात्रै हो [भिडियाेसहित]

रवि लामिछानेकाे असन्तुष्टि- शीर्ष नेताको साक्षी बस्नु बदनाम हुनु मात्रै हो [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकमा साक्षी बस्नु भनेकै बदनाम हुनु भएको टिप्पणी गरेका छन् । 

आजका लागि बोलाइएको सर्वदलीय बैठकमा सहभागि हुन पुगेका सभापति लामिछानेले शीर्ष नेताहरुको कार्यशैलीप्रति तिव्र असन्तुष्टि जनाउँदै अब बैठकमा समेत सहभागी नहुने संकेत गरे । ‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । यसको खासै अर्थ हुँदैन ।’ उनले भने, ‘सम्भवतः अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौं । यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन ।’

सभापति लामिछानेले अब कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफल गर्ने भन्ने विषयमा लाग्ने बताए । उनले भने, ‘हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गछौं ।’

सर्वदलीय बैठक भोली ११ बजे बस्नेगरी तोकिएको छ । आजको संसद बैठक समेत प्रधानन्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था विग्रिएको भन्दै सारिएको छ ।

 

Logo