नेकपा एसको केन्द्रिय समिति बैठक आज पनि बस्दै

नेकपा एसको केन्द्रिय समिति बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ। हिजोदेखी सुरू भएको केन्द्रिय समिति बैठकमा आजवाट केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने छन्। 

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिबेदन पेश गरेका थिए भने सो प्रतिवेदनमाथी ‘फरक मत’ राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए।

आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठक बिहान ८ बजे देखी सुरु हुनेछ ।  

Logo