ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकियोःराजाराम बर्तौला

ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकियोःराजाराम बर्तौला

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले सिमित दलका सिमित नेताको ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकिएको बताएका छन्।

मनपरी तन्त्रले सिमा नाघेको चर्चा गर्दै बर्तौलाले मुलुकमा अहिले विद्यमान भ्रष्ट व्यवस्थाको अन्त्यको लागि जनआन्दोलनको विकल्प नभएको समेत उनले बताएका हुन्।  

संगठन विभाग प्रमुख समेत रहेका बर्तौलाले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आगामी असोज ५ गते सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनको तयारी बैठकमा बोल्दै मुठ्ठी भरका नेताहरुको रजाई गर्ने व्यवस्थाले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक परिबर्तन र हित नहुने हुँदा जनआन्दोलनको माध्यमबाट मुलुकलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए। 

अहिलेको राजनीतिक शक्तिले मुलुकको स्वाधिनताको रक्षा, प्रजातन्त्रको संरक्षण, विधिको शासन र आर्थिक समृद्धिको लागि केही योगदान दिन नसक्ने भएकोले धर्म,संस्कृती र पहिचान रक्षाको लागि पनि आन्दोलनको विकल्प नभएको उनको भनाई थियो।

राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी असोज ५ मा काठमाडौँमा आयोजना हुने भएको छ। सम्मेलनमा प्रत्यक जिल्लाबाट ५ जनाको दरले ६० जिल्लाबाट श्रमिक प्रतिनिधीहरुको सहभागीता रहने महासंघले जनाएको छ। 

राष्ट्रिय सम्मेलन सफल पार्न टुकोनले आर्थिक, व्यवस्थापन एवं विधान संशोधन समिती समेत गठन गरेको छ। महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएको हो।

साथै तीन जना श्रमिक अगुवाहरुलाई टुकोनको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ। यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा शिब प्रसाद पकुवाल (दोलखा) शिबहरी पकुवाल (दोलखा) र सन्त कुमार तामाड (नुवाकोट) रहेका छन्। राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम बर्तौलाले मनोनित केन्द्रीय सदस्यहरुलाई खाता लगाएर बधाई दिएका थिए।

Skip This
Skip This
Logo