सुदूरपश्चिममा माओवादीको कार्य विभाजन, क-कसले पाए जिम्मेवारी ?

सुदूरपश्चिममा माओवादीको कार्य विभाजन, क-कसले पाए जिम्मेवारी ?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा कार्य विभाजन गरेको छ। माओवादीले सुरु गरेको ३ महिने जनतासँग माओवादी,विशेष रूपान्तरण अभियान अन्तरगत कार्य विभाजन गरेको हो।  माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ।

बैठकको अनिर्णय अनुसार प्रदेश इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन कार्यालय समितिको जिम्मेवारी दिइएको छ। जसको सदस्यमा प्रदेश अध्यक्ष हरिराम चौधरी, केन्द्रीय सदस्य त्रिलोचन भट्ट, झपट साउद र रमेशसिंह धामी छन्।

प्रचार प्रसार कार्यालय समितिको जिम्मा केन्द्रीय सदस्य ओमविक्रम भाटलाई दिइएको छ। जसको सदस्यमा दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजित श्रेष्ठ छन्। त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ।

कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेलधुरा इन्चार्जमा हरि ज्ञवाली,बैतडीमा रामप्रसाद तिमिल्सेना,दार्चुलामा नरेन्द्र कुवर,बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएका छन्। 

Logo