सुन तस्करी प्रकरणमा दलहरुबीच जुट्यो यस्तो सहमति

सुन तस्करी प्रकरणमा दलहरुबीच जुट्यो यस्तो सहमति

केन्द्रबिन्दु
0
Shares

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरुबीचको बैठकमा दुई बुँदे सहमतिको मस्यौदा तयार भएको हो । जसमा अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

‘विदेशबाट इलेक्ट्रिक सिगरेट ( Vapes) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक-सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धान बारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०/०६/०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ ।’ सहमति पत्रको दोस्रो बुँदामा उल्लेख छ । 

सहमति पत्रमा संसदमा प्रतिनिधित्व गर्ने ७ दलका प्रमुख सचेतकहरुले हस्ताक्षर गरेका छन् । 

हेर्नुहोस्, सहमति  पत्र-

Logo