उपप्रधानमन्त्री खड्काले सुन तस्करीमा भएको सहमतिबारे सदनलाई जानकारी गराउने

उपप्रधानमन्त्री खड्काले सुन तस्करीमा भएको सहमतिबारे सदनलाई जानकारी गराउने

केन्द्रबिन्दु
0
Shares

सुन तस्करीको छानबिनमा राजनीतिक दल दलहरुबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने भएका छन् । 

संसद बैठकअघि बानेश्वरमा बसेकाे कार्यव्यवस्था बैठकमा साे निर्णय भएकाे हाे । साथै  एक घण्टा ३० मिनेटको विशेष समयमा दलीय आधारमा सांसदहरूले बाेल्ने पनि सहमति भएकाे छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान बसेको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबीच हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएकाे थियाे । आगामी असोज ५ गते सरकारले आयोग गठन गर्ने र त्यसै दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति पत्रमा उल्लेख छ । 

साथै कार्यव्यवस्था बैठकमा सभामुख देवराज घिमिरेले झण्डै एक महिनादेखि अबरुद्ध संसद खुलाउन दलहरुबीच भएको सहमतिप्रति खुसी प्रकट गरेका थिए । उनले भने, 'सदन खोल्न मैले पटक पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गरेको स्मरण गराउँदछु । प्रमुख सचेतकहरु, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि हामीले धेरै पटक छलफल गरेका थियौं । तर, संसदीय व्यवस्थामा दलहरु नै प्रमुख हुन् । आजको सहमतिले पनि सदन अवरोध पनि र खुलाउन पनि दलहरुबीच नै सहमति हुनुपर्ने कुराले प्रष्ट पारेको छ । संसदीय गरिमालाई उचो राख्न सबैले प्रयत्न गरौं, म पनि गर्छु, माननीयहरुले पनि गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।'

Logo