रवि लामिछानेको प्रश्नः भ्रष्टाचार प्रकरणमा ठूला नेताहरु पर्ने वित्तिकै छानविन किन सुस्ताउँछ ?

रवि लामिछानेको प्रश्नः भ्रष्टाचार प्रकरणमा ठूला नेताहरु पर्ने वित्तिकै छानविन किन सुस्ताउँछ ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न प्रकरणमा सत्तापक्षका नेताको नाम जोडिने वित्तिकै छानविन सुस्ताएको भन्दै सरकारले भन्ने गरेको सुशासनप्रति नै प्रश्न गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा छानविन गरिरहेको प्रहरी प्रमुखलाई सरुवा गर्ने सरकारको निणर्यले सरकारको सुशासनको नाराप्रति नै शंका गर्ने स्पस्ट मौका दिएको बताएका हुन् । 

उनले भने, ‘सरकारले सुशासनको कुरा गर्‍यो हामीले शंकाको सुविधा दियौ । शंकाको सुविधा दिइरहँदा सरकारले भनिरहेको सुशासन कहाँसम्मको सुशासन हो ?आफ्नो ढोकासम्म आरोप नआइपुग्दा सम्मको सुशासनको कुरा गरेको होकि साँच्चैको सुशासनको कुरा गरेको हो यो गम्भीर प्रश्न बनेर खडा भएको छ ।’

त्यस्तै, सभापति लामिछानेले सरकारले आफ्ना मान्छे मुछिने साथै सुन तस्करीमा छानविनलाई सुस्त बनाएको र ललिता निवासको जग्गाप्रकरणमा पनि ठूलालाई सुनपानी हालेर चोख्याएको भन्दै सरकारले भन्ने गरेको सुशासनप्रति नै प्रश्न गरे । 

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा जतिपनि प्रहरी अधिकारी काम गरिरहेको थिए तिनको सरुवा बढुवा भयो । शुसासनको यो प्रमाण पर्याप्त छैन सरकारलाई शंका गर्नको निमित्त ? ललितानिवास प्रकरणमा नम्बरी जग्गा लिएइका मालपोतमा गएर कागजपत्र सबै हेरेका पैसा दिएर जग्गा किनेका मानिसहरु र कर्मचारीहरु जहाजको सिटबाट समातिएर थुनिए निणर्यकर्ताहरुलाई सुनपानी छर्किए जसरी चोख्याएर पठाइयो । सरकारको सुशासन यहि हो र ? सुन प्रकरणमा सत्तारुढ दलका नेताहरुको नाम आउने वित्तिकै सरकार सुस्तायो के सरकारले दिन खोजेको सुशासन यहि हो ?’

सभापति लामिछानेले सुन प्रकरणमा छानविन गरिरहेको सिआइबीलाई विश्वास गर्न सकिने भएपनि असामान्य रुपमा सक्रिय सरकारका संयन्त्रप्रति भरोसा गर्न नसकिने पनि उल्लेख गरे । 

Skip This
Skip This
Logo