प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीले कैलाली-बर्दियाका बाढीपीडित अझै हुलाकी सडकमा त्रिपालमुनि बस्न बाध्य भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले सरकारले बाढी पीडितका लागि पुर्नवासको व्यवस्था नगरेकोप्रति गुनासो व्यक्त गरे । उनले प्रत्येक वर्ष बर्खायामको पीडाको रुपमा रहेको बाढीपीडितको समस्यालाई सरकारले तत्काल व्यवस्थित रुपमा सम्बोधन गर्नुपर्ने माग गरे ।
उनले भने, ‘मैले बाढीपीडितको बारेमा पटकपटक सदनमा आवाज उठाउँदा पनि सरकार मौन किन ? तत्काल ति विस्थापित परिवारलाई व्यवस्थित बसोबासको व्यवस्थामिलाईयोस् । तिनीहरुलाई चिउरा र चाउचाउ बाँडेर हुँदैन । उचित बासस्थानको व्यवस्था हुन जरुरी छ ।’
सांसद चौधरीले प्रधानमन्त्री तथा मन्त्रीहरुको क्षेत्रमा जस्तो अन्यको क्षेत्रमा समस्या सम्बोधन नहुने गरेको गुनासो पनि गरे । उनले भने, ‘मलाई लाग्छ प्रधानमन्त्री र मन्त्रीहरुको क्षेत्र भएको भएत्यहाँ सायद हेलिकप्टर र ट्रकका ट्रक राहतहरु पुग्थ्यो होला तर, हाम्रो क्षेत्र भएको भएको हुनाले कुनै वास्ता छैन ।’
उनले मुख्य समस्याको रुपमा रहेको उच्च हुलाकी सडकको बाटो पुर्ननिर्माण गर्नुपर्ने, भन्दै उक्त क्षेत्रमा रहेका नदीनालालाई व्यवस्थित गुरुयोजना बनाएर तटबन्ध निर्माण गरिनुपर्ने माग गरे ।































प्रतिक्रिया