कोसी प्रदेशमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछः अध्यक्ष ओली

कोसी प्रदेशमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।

शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग अध्यक्ष ओलीले कोशी प्रदेशको अबको निकास के भन्ने प्रश्नमा एमालेले ५० भन्दा माथि सिट ल्याएर  सरकार चलाउँछ भन्दै जवाफ दिएको हुन् । 

उनले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेको सरकार बन्छ एमालेको सरकार बन्छ मजाले चलाउँछ एमालेको ४७ होईन ५० भन्दा माथि जान्छ ।’

अध्यक्ष ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारणले कोशीमा अस्थिरता आएको आरोप लगाए । उनले भने, ‘गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारणले यो अस्थिरता आएको हो, पक्षले नबनेको सरकार बनाए भन्ने, सभामुखलाई राजीनामा गरेर संकट खडा गर्न लगाउने, कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेर संविधान मिच्ने ? संविधानको घोर उल्लघंन हो यो ।’

अध्यक्ष ओलीले हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो कुरा नभएको टिप्पणी गरे । 

Skip This
Skip This
Logo