सुनसरीको धरान उपमहानगरपालिकाका राजनीतिक दलहरुले सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न अपिल गरेका छन् ।
उपमहानगरपालिकालाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेसँगै संभावित दुर्घटनालाई लिएर सवै राजनीतिक दलहरुले सद्भावको अपिल गरेका हुन् । हाल देखापरेको धार्मिक, सांस्कृतिक विवादका विषयहरुलाई सर्वपक्षीय सर्वदलीय वार्ता तथा संवादबाट समाधान गर्न प्रतिवद्ध रहेको दलहरुले जनाएका छन् ।
‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्दै सबै जाती, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पुर्याउने गतिविधि नगरिदिनु हुन अनुरोध गर्दछौँ,’ धरानका १३ राजनीतिक दलले जारी गरेको संयुक्त अपिलमा भनिएको छ ।
संयुक्त अपिल-
































प्रतिक्रिया