व्यक्तिपिच्छे फरक कानून हुन्न, सन्दीपलाई हत्कडी लगाउनु गलत थियाे -सांसद घिमिरे

व्यक्तिपिच्छे फरक कानून हुन्न, सन्दीपलाई हत्कडी लगाउनु गलत थियाे -सांसद घिमिरे


नेपाली कांग्रेसका नेता तथा सांसद श्याम घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता घिमिरेले सामान्यतया गठबन्धनभित्र समस्याहरु आइरहने बताए । तर, ती समस्याहरु समाधान गर्दै जाने नै अहिलेको आवश्यकत्ता भएको उनको तर्क छ ।

उनले भने,‘यो सरकारको आयुको कुरा गर्दा लगभग एक किसिमको समझदारी बनेको छ । सुरुको समयमा प्रचण्डजीले नेतृत्व गर्ने, त्यसपछि केही समयको लागि माधव नेपालले नेतृत्व गर्ने र अन्तिमको समयमा हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने भनेर गर्ने भनेको सुनेको छु । अहिलेसम्म सरकारका बारेमा जे/जति कुरा आएका छन्, यी विषयहरु सरकार ढल्नुपर्ने र सरकारको समिकरण परिवर्तन गर्नुपर्ने अवस्थाको छैन ।’

सांसद श्याम घिमिरेले ललिता निवास प्रकरणमा छानबिन गरिरहेका कोही पनि प्रहरी अधिकृतहरुलाई सरुवा नगरिएको स्पष्ट पारे । उनले नेपालमा व्यक्तिअनुसार फरक फरक कानून नभएको जिकिर गरे । उनले भने,‘कानून दुई वटा छैन । सन्दीप लामिछानेलाई हत्कडी लगाउन आवश्यक थिएन । यदि भागेर जाने सम्भावना छैन भने गिरफ्तारी गर्नुहुँदैन् । जघन्य अपराधमा बाहेक थुनेरै अनुसन्धान गर्नुपर्छ भन्ने छैन् । सन्दीप लामिछानेमाथि हत्कडी लगाउने काम गलत भयो ।’ 

Logo