काँग्रेसले लगायो समिति सभापतिका उम्मेदवारको टुङ्गो, कृषिमा आरजु राणा

काँग्रेसले लगायो समिति सभापतिका उम्मेदवारको टुङ्गो, कृषिमा आरजु राणा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुङ्गो लगाइको छ। राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ।

काँग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो। उक्त समूहबाट जीवन परियार मात्रै परेका छन्। दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर काँग्रेसले सन्तुलन मिलाएको छ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदैछ। समितिको नेतृत्व  चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ।

Skip This
Skip This
Logo