सभामुख घिमिरेले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

सभामुख घिमिरेले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना


सभामुख देवराज घिमिरेले आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्धको खेलकाे नेतृत्वमा रहेको नेपाली टोलीलाई बधाई दिएका छन्।

बुधबार उनले एक सूचना जारी गर्दै रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीलाई जीतका लागि शुभकामना व्यक्त गरेका हुन्। एसिया कप क्रिकेट आजदेखि सुरुहुँदैछ।

खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो।

Logo