परराष्ट्रमन्त्री एनपी साउदले सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा एकअर्कासँग जोडिन आवश्यक भएको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित काठमाडौँ कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा उनले देश र परिवेश फरक भए पनि एकअर्कासँग हातेमालो गर्दै अगाडि नबढ्ने हो भने सौहार्दता कायम नहुने बताएका हुन्।
काठमाडौँको संस्कृति भएन भने बनारश अधुरो हुन्छ। बनारशलाई काठमाडौँसँग जोड्न सकेनौँ भने काठमाडौँका संस्कृति अधुरो हुन्छ। हामी सबैजना सांस्कृतिक एवं भाषागत रुपमा एकअर्कासँग जोडिएकाछौँ।
नेपाललाई केन्द्र बनाएर महोत्सवको आयोजना गरिएकोमा आयोजक सबैलाई आभार प्रकट गर्दै उनले कलिङ साहित्य महोत्सवलाई जनतासम्म पुर्याउन सके सम्बन्धमा अझै सुधार आउने विश्वास व्यक्त गरे।































प्रतिक्रिया