पत्नी सवार महानगरको गाडी ट्राफिकले रोकेपछि सिंहदरबार जलाइदिने बालेनको धम्की

पत्नी सवार महानगरको गाडी ट्राफिकले रोकेपछि सिंहदरबार जलाइदिने बालेनको धम्की

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले शनिबार साँझ दिएको सिंहदरबार जलाइदिने धम्की पत्नी सवार महानगरको गाडी ट्राफिकले रोक्नु रहेको बुझिएको छ। बालकुमारीबाट कोटेश्वरतर्फ रफ्तारमा कुदेको सेतो नम्बर प्लेटको सवारी ट्राफिक प्रहरीले रोकेको झोकमा उनले सो स्ट्याटस लेखेको बुझिएको छ।

स्रोतका अनुसार गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र र शनिवार चलाउन प्रशासनको पत्र चाहिने बताएपछि चालकले गाडी काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भएको बताएका थिए। दुई देखि तीन मिनेट रोकिएको गाडी शनिवार नचलाउन भन्दै प्रहरीले छोडेको थियो। त्यसको केही मिनेटपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राखेका थिए।

Logo