गृहमन्त्रीले कुनै पनि हालतमा राजीनामा दिन हुन्नः डा. दीक्षित

गृहमन्त्रीले कुनै पनि हालतमा राजीनामा दिन हुन्नः डा. दीक्षित

केन्द्रबिन्दु
0
Shares

राजनीति विश्लेषक डा. सुन्दरमणि दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पदबाट राजीनामा दिन नहुने बताएका छन् । 

आज रिपोर्टस् क्लब नेपालमा आयोजित पत्रकारसँगको भेटघाटमा डा. दीक्षितले सरकारले छानबिन थालेका भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान नहुने भएकाले तत्काल गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको बताएका हुन् । 

“गृहमन्त्रीलाई कुनै पनि हालतमा हटाउनुहुँदैन । उनलाई हटाएमा बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी स्टेट र सुन तस्करी प्रकरण सबै बिथोलिने देखिन्छ”, उनले भने, “त्यसैले अहिले गृहमन्त्रीको राजीनामा माग्नुभन्दा अनुसन्धान गर्न सहयोग गर्नुपर्छ तर अहिलेसम्म भ्रष्टाचार काण्डको अनुसन्धान हेर्दा भने हात्ती आयो हात्ती आयो फुस्साजस्तै भइरहेको छ ।”

विश्लेषक दीक्षितले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको अव्यिक्तिप्रति पनि आपत्ति जनाए । उनले बालेनले आफ्नो पदीयता मर्यादा कायम राख्दै संयमित हुनुपर्नेमा जोड दिए । मेयर पदमा बसेर सरकारप्रति अराजकशैलीमा टिप्पणी गर्न नहुने पनि बताए । 

Skip This
Logo