आक्रमण हुनुअघि को विरुद्ध के बोलेका थिए कांग्रेस सहमहामन्त्री यादवले ?

आक्रमण हुनुअघि को विरुद्ध के बोलेका थिए कांग्रेस सहमहामन्त्री यादवले ?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै सहमहामन्त्री यादवले सोङको अभिव्यक्ति कुटनीतिक मयार्दाको विपरित रहेको भन्दै आपत्ति जनाएका हुन् । उनले भने,‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ । यो कुटनीतिक मयार्दाको विपरित हो । नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौं ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’

नेपालको अरू देशसँग सम्बन्ध बिगार्न कसैले पनि अधिकार दिएको छैन भन्दै सहमहामन्त्री यादवले थपे, ‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ । चिनियाँ राजदूत भनेको यहाँ दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो । तर, नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन् । उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वभामिकतामाथि हनन हो । नेपालीहरुलाई उहाँले अपमानित गर्नुभएको छ ।’

उनले अहिलेको सरकारले भ्रष्टाचारको सवालमा कारबाही अघि बढाएकोमा खुशी व्यक्त गरे । तर, सरकारले आफ्नो मान्छे बचाउने र अरुलाई प्रतिशोध साँध्ने काम गरेको उनको आरोप थियो । उनले भने–‘सबैले भ्रष्टाचार नहोस भनेर चाहेका छन् । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनसिलताको कुरा गरेका छन् । अहिलेको सरकारले आफ्नो मान्छे र अरुको मान्छे गरेको छ । मान्छे हेरेर कारबाही अघि बढाएको छ ।’

सहमहामन्त्री यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको दाबी गरे । उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाईएको छ । दोष केही पनि छैन् । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भैरहेको छैन् ।’ 

उनले खाँण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे । उनले भने,‘बालकृष्ण खाँणमाथि कुनै जाहेरी छैन । कसैले पनि पैसा लिएको भनेर भनेको छैन् । प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन् । खाँणजीको खातामा कतै पनि अस्वभाविक रकम देखिएको छैन् ।’

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

अभियन्ता सापकोटाले कांग्रेस सहमहामन्त्री यादवलाई किन हाने खुकुरी ?

Skip This
Skip This
Logo