वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालद्वारा पुष्टि

वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालद्वारा पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालले पुष्टि गरेको छ । 

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजाललाई भाइरल निमोनिया रहेको जानकारी दिएका छन् । रिजाल भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको डाक्टर बिजुक्छेद्वारा विज्ञप्तिमा उल्लेख छ ।

सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर देखिएको चिकित्सकको भनाई छ । 

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान निधन भएको थियो ।

Logo