अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् । संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले नेपालको शेयर मार्केटमा पनि विस्तारै सुधार देखिने दाबी गरेका हुन् ।
प्रेम सुवाल शेयर लगानीबारे सोधेको प्रश्नको जवाफमा अर्थमन्त्री महतले सकैलाई जुन सुकै क्षेत्रमा लगानी गर्न अधिकार रहेको भन्दै त्यसलाई रोक्न नसकिने तर व्यवस्थित गर्न प्रयास भइरहेको तर्क गरे । पछिल्लोसमय विस्तारै अर्थतन्त्रमा सुधार हुदै गएको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको बताए ।
‘अहिले समग्र अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेका छन् । टुरिष्ट एराईभलको कारणले होटल रेष्टुरेन्ट सेवा क्षेत्रमा पनि सकरात्मक प्रभाव पर्न थालेको छ । हाम्रो बजेट खर्च हुन थालेको छ । त्यसले पनि सकरात्मक प्रभाव परेको छ ।’ उनले भने ‘ हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान भएपछि शेयर मार्केट पनि चलायमान हुन्छ ।’































प्रतिक्रिया