चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त


सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई रिक्त आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । आयोगको उपाध्यक्षमा उनीसहित श्रीकृष्ण गिरी, प्रवीण मिश्रको नाम सिफारिसमा परेको थियो । अन्ततः क्यान्सर रोग विशेषज्ञसमेत रहेका झा उपाध्यक्षमा नियुक्त भएका हुन् ।  

Logo