काठमाडौंमा आज शोक बिदा, शिक्षण संस्था बन्द नहुने

काठमाडौंमा आज शोक बिदा, शिक्षण संस्था बन्द नहुने


काठमाडौँ महानगरपालिकाले आज महानगरपालिकाअन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ । 

काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो । उनको उपचारको क्रममा बिहिवार निधन भएको थियो । तर, यसरी दिईएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।

उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर हिजो बिहान उनको निधन भएको हो । 

नेपाली कांग्रेसको काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि हिजो राष्ट्रिय सभा गृहमा राखिएको थियो भने त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो । 

उनी राजनीतिसहित सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्दथे । 

Logo