मालीमा आतंकबादी हमला, ६४ को मृत्यु

मालीमा आतंकबादी हमला, ६४ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

मालीमा आतङ्ककारीहरूले सैनिक शिविर र यात्रुवाहक डुङ्गामा आक्रमण गरेका छन् । उत्तरी मालीमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको थियो । 

समाचार अनुसार माली सरकारले आतंकवादीहरूले दुई फरक ठाउँमा आक्रमण गरेको बताएको छ। आतंककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गामा पहिलो हमला गरे पनि आतङ्ककारीहरूले दोस्रो हमला बाम्बामा रहेको सैन्य शिविरमा गरेका थिए। 

दुवै आक्रमणमा जम्मा ४९ नागरिक र १५ सैनिकको ज्यान गएको थियो । आतंकवादी संगठन अल कायदासँग आबद्ध संगठनले आक्रमण गराएको दाबी गरिएको छ ।

Skip This
Skip This
Logo