बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री महत

बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा.प्रकाशशरण महतले सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन्। 

शुक्रबार प्रदिप गिरि मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व.प्रदिप गिरिको सिराहा वस्तीपुरमा आयोजित प्रथम वार्षीक सभामा बोल्दै मन्त्री डा.महतले प्रदीप गिरीको जन्मस्थान सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताएका हुन्। 

उनले भने,‘प्रदीप गिरीको जन्मस्थान प्रदीप गिरी ज्ञानको ठूलो खानी, सादगी र सरलता हामी सबैका लागि अनुकरणीय छ। प्रदीप गिरी परिचित नाम हो। उहाँको विचार र ज्ञान अथाहा थियो। उहाँको विचारबाट हामी केही न केही प्रभावित भएका छौँ।’ 

पछाडि परेको समूह, क्षेत्रलगायत सबैको पहुँचमा देशको साधन श्रोत पुर्याउने र सबैको जीवनस्तरमाथि उठाउने आफ्नो लक्ष्य भएको उनको भनाई छ। ‘हाम्रो आवश्यकता ठूलो छ, साधन श्रोत थोरै छ। यो बीचमा हामीले काम गरेको हुनाले यो अवस्था आएको हो। सधैं यस्तो अवस्था रहँदैन। जनताको आवश्यकता पूर्तितर्फ हामी निरन्तर लागिरहन्छौँ।’

Logo