पार्टीकै नेतालाई वरिष्ठ उपाध्यक्ष पोखरेलले भने- भाई तिमी आदेश दिने को हौ ?

पार्टीकै नेतालाई वरिष्ठ उपाध्यक्ष पोखरेलले भने- भाई तिमी आदेश दिने को हौ ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आदेशको भरमा पार्टी नचल्ने टिप्पणी गरेका छन् । 

काठमाडौंमा आयोजित एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चको पार्टी विस्तार तथा सुदृढीकरण विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दैं वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका निर्णय तल्लो तहसम्म पुर्‍याउने कुरा प्रभावकारी नभएको र व्यक्तिगत आदेश हाबी भएको तर्क गरे । 

‘फाइँफुई लाउने नेताहरु भेटिन सक्छन् । यस्ता नेताहरुको काम छैन् । हामीले मान्छेको मन जित्नु पर्छ भनिरहेका छौं । फाइँफुई लाएर कसरी काम हुन्छ ?’ उनले भने, ‘यो मैले भन्दिएँ, यो मैले आदेश दिएँ, अरे यार तिमी आदेश दिने को हौ ?’ 

त्यस्तै, वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका निर्णय कार्यान्वयनमा समस्या देखिएको बताए । ‘निर्णय एउटा छ तल कुरा पुगेकै छैन । अनि पार्टी बन्छ कसरी ? पार्टी त हावादारी बन्छ त्यसपछि, अहिले हाम्रो पार्टी हावादारी हावारी जस्तो भको यही कारणले हो । निर्णय माथि एउटा छ त्यो निर्णय तल पुग्दैन् ।’ उनले भने ‘केरामाथि पानी परे जस्तो ट्यार्र पातमाथि पानी पर्छ उता उता जान्छ । जरामा पानी पर्दैन । यो पाराले पार्टी राम्रो बन्दैन ।’

अर्को प्रशंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले सारा विरोधीहरु एकठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए । उनले भने,‘अहिले पनि हाम्रा अगाडि चुनौतीहरू छन् । आफै भित्रका चुनौती र कमजोरी छन् । र बाहिर पनि शत्रुहरूले मिलेर हामीलाई हमला गर्दैछन् । सारा विरोधीहरु एकठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गर्दैछन् । यस बीचमा हाम्रो मेलमिलाप हुनुपर्छ । एक हुनुपर्छ ।’ 

Logo