नेपाली राजनीतिमा चर्चा र लोकप्रियताको केन्द्रबिन्दुमा डा. सुनिल शर्मा

नेपाली राजनीतिमा चर्चा र लोकप्रियताको केन्द्रबिन्दुमा डा. सुनिल शर्मा

केन्द्रबिन्दु
0
Shares

पछिल्लोसमय नेपाली राजनीतिको चर्चाको शिखरमा छन्, डा. सुनिल शर्मा । उनी मोरङ क्षेत्र नं ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद हुन् । उनी कुनै आश्वासन तथा स्टण्टबाजी गरेर चर्चामा आएका होइनन्, भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएर त्यो पनि आफ्नै पार्टी संलग्न रहेको गठबन्धन सरकारविरुद्ध । 

सरकारमा रहेका अन्य दलका अधिकांश सांसद तथा नेताहरु भ्रष्टाचारी जोगाउने सरकारको चाकडीमै ब्यस्त रहँदा सांसद शर्माले भने संसद भवन प्रवेश गरेपछि निरन्तर आवाज उठाइरहे । देशकै ठूलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैको आँखा छलेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणविरुद्ध उनले संसदमै अनसन बस्ने चेतावनी दिए । ठुला सुन तस्कर र तस्करीसंग साँठगाँठ गर्ने उच्च तहका नेताहरुलाई छानबिन नगर्ने र भरियालाई मात्र पक्राउ गरेर सरकारले सस्तो लोकप्रियता देखाउन खोजेको भन्दै मन्त्रीहरुविरुद्ध छानविन गर्न दबाब दिइरहे । नैतिकताका आधामा राजीनामा पनि मागे ।

सांसद डा. ‍शर्मा आफ्नो निर्वाचन क्षेत्र फर्कँदा पार्टीका नेता र कार्यकर्ताको लामबद्ध होइन,  जनताका गुनासोको औषधी लिएर जान्छन् ।

तर, सरकारले उनको बोली बन्द गर्न अनेक आरोप लगाउँदै पक्राउ गर्‍याे, त्यो पनि अपहरणको शैलीमा । बहालवाला सांसदलाई कुनै कसुरमा पक्राउ गर्नुपूर्व संसद सचिवालयलाई जानकारी गराउने चलन छ । तर, त्यो गरिएन । अपहरणको शैलीमा पक्राउ गरेर विभिन्न यातना दिइसकेपछि मात्रै संसद सचिवालयलाई पत्र पठाइयो । तर, सरकारको यो कदम सफल रहेन । मन्त्रीको राजिनामा माग गरेको केहि दिनमै उनलाई विभिन्न आरोपसहित पक्राउ गरेपछि त सरकारको चर्को आलोचना नै भयो भने उनको रिहाइको लागि जनताको दवाव पनि रह्यो । अन्ततः उनी छुटे र भ्रष्टाचारविरुद्ध नै खनिन थाले । उनको यो शैलीले जनताको मन जित्न सफल भयो । 

पछिल्लोसमय दलहरु सत्ताकेन्द्रित भएर नेपालको राजनीतिप्रति वितृष्णा बढिरहँदा सांसद शर्मा भने आफू निर्वाचित क्षेत्रमा जनताको ‘हाई हाई’ छन् । उनी आफ्नो निर्वाचन क्षेत्र फर्कँदा पार्टीका नेता र कार्यकर्ताको लामबद्ध होइन,  जनताका गुनासोको औषधी लिएर जान्छन् । पार्टीका नेता र कार्यकर्ताको भेटमा अल्झिएर नबस्ने हक्की स्वभावका उनी जनताका घरघरमा पुग्छन् र गुनासो टिपोट गर्छन् । साथै त्यसको तत्काल समाधान पनि गर्ने क्षमता राख्छन् । 

त्यसकै प्रतिफल त डा. शर्मा २०७९ मा भारी मतान्तरका साथ निर्वाचित हुँदै संसद भवनमा प्रवेश गरेका थिए । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेका उम्मेद्धार भानुभक्त ढकालसँग हारेका उनले यो पटकको ‘रिम्याच’ मा भने ढकाललाई पल्ट्याइदिए । निर्वाचन जितेर जानेहरु केन्द्रमा कुर्सीको तानातानको खेलमा अल्झिँदा यता उनले मतदाताको मन जितिसकेका थिए । जुन धैर्यको फल जनताबाट उनले पाए । 

विराटनगरस्थित नोबेल अस्पतालमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरिदिएका छन् ।

 

आफ्नो निर्वाचन क्षेत्रका कुनै पनि बिरामीले आर्थिक अभावमा उपचार नपाएर थला पर्दा मेडिकल व्यवसायीसमेत रहेका सांसद डा. शर्मा आफै खटिन्छन् । विरामीलाई घरमै पुगेर एम्बुलेन्समा अस्पताल लैजान्छन् र निको गराएर पठाउँछन् । स्थानीयलाई स्वास्थ्य सेवामा सहुलियत दिइरहेका उनले निर्वाचन क्षेत्रका विभिन्न गाउँमा नियमित स्वास्थ्य शिविर चलाउँछन् । 

विराटनगरस्थित नोबेल अस्पतालमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरिदिएका छन् भने खाने बस्ने सुविधासहितका निःशुल्क ३० बेडको ब्यवस्था तथा काठमाडौँस्थित सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेजमासमेत आफ्नो क्षेत्रका मतदाताका लागि निःशुल्क उपचारको ब्यवस्थासहित १५ शैय्याको कक्ष उपलब्ध गराइदिएका छन्  । यो त उनको चुनावी प्रतिबदता नै थियो, जुन पूरा गरे । त्यसैले उनीबाट जिवनदान पाएकोमा खुशी हुनेहरुको संख्या टोलटोलमा सयौैं छन् । कोहीबाट परिचालित भएर ‘मेडिकल माफिया’को आरोप लगाउनेहरुको पनि बोली बन्द गरिदिएका छन् । 

पछिल्लोसमय पुराना राजनीतिक दलहरुसंग वितृष्णा फैलिरहेका बेला नेताको तारिफ गरेको विरलै देख्न र सुन्न सकिन्छ, जुन दुवै सांसद शर्माले पाइरहेका छन् ।

 

अर्को अचम्मको कुरा कोही नेता पहिलोपटक निर्वाचित हुँदै सांसद बन्दा ऊ आफूलाई टिकट मिलाइदिनेको चाकडीमा व्यस्त हुन्छ या खुशीयालीको पार्टीमा । तर, त्यो परम्परालाई सांसद शर्माले तोडिदिए । उनी जितलगत्तै एक्सनमा उत्रिएका थिए । उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरेका थिए । जुन स्वास्थ्य सेवा जनताले अहिले पनि पाइरहेका छन् । 

त्यसो त डा शर्मा मतदातामा प्रिय हुनुको कारण यो मात्र हैन । उनले चुनावी मुद्दा बनाएका सडक, सिँचाइ, खानेपानीको सहज सुविधा र गरिब समुदायकालाई चिकित्सा शिक्षामा निःशुल्क अध्ययन, युवालाई रोजगारी र खोलाको कटानजस्ता समस्यालाई पनि सम्बाेधन गर्दै लगेका छन् । पछिल्लोसमय पुराना राजनीतिक दलहरुसंग वितृष्णा फैलिरहेका बेला नेताको तारिफ गरेको विरलै देख्न र सुन्न सकिन्छ, जुन दुवै सांसद शर्माले पाइरहेका छन् ।

Logo