सरकारलक्षित ओलीको टिप्पणी- शहकारीबाट क्वीन्टलका क्वीन्टल सुन ल्याए जस्तो फाइदा हुँदैन

सरकारलक्षित ओलीको टिप्पणी- शहकारीबाट क्वीन्टलका क्वीन्टल सुन ल्याए जस्तो फाइदा हुँदैन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देशमा व्यवसायीक समस्या देखिएको आरोप लगाएका छन् । 

काठमाडौंमा आयोजित सहकारीकर्मीहरुसँग केपी ओली विषयक अन्तर्क्रियामा अध्यक्ष ओलीले गठबन्धन सरकार आएपछि विकास निर्माणका काम रोकिएको, बेरोजगारी बढेको र मूल्यवृद्धि भएको आरोप लगाएका हुन् ।   

‘गठबन्धन सरकार आउँदा उद्योगहरुमाथि चट्याङ् परे जस्तो भयो ।’ उनले भने ।  

अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्र शहकारी नीतिको विरुद्धमा रहेको आरोप लगाए । ‘नेपाली काङ्ग्रेस सैद्धान्तिक र नीतिगत हिसाबले शहकारीको पक्षमा छैन् । अर्को पार्टीलाई नीतिको अर्थ नै छैन्, नीतिसँग कुनै सरोकार छैन् माओवादी भन्ने पार्टीलाई उसले फाईदा मात्रै जान्दछ ।’ उनले भने, ‘क्वीन्टल का क्वीन्टल सुन ल्याए जस्तो फाइदा हुँदैन, उसलाई धेरै फाइदा चाहिने मानिस हो । माओवादीलाई सहकारीको मतलब छैन ।’ 

अहिलेको सरकारले राष्ट्रिय उद्योगीहरुलाई छानिछानि लखेट्ने गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले कसैले त्यसको विरुद्धमा बोले पक्राउ गर्ने गरेको पनि बताए । 

Skip This
Skip This
Logo