प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ वर्षसम्म यही गठबन्धन चल्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सोमबार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । त्यस क्रममा उनले गठबन्धन टिक्ने कुरामा ढुक्क हुन आग्रह गरे । ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’ उनले भने । यसबाहेक उनले कुनै प्रतिक्रिया दिएनन् ।
प्रधानमन्त्री दाहाल कोशी प्रदेशको राजधानी विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभामा सहभागी हुन विराटनगर आएका हुन् ।





























प्रतिक्रिया