विदेशी शक्तिको आडमा देशमा धार्मिक द्वन्द निम्त्याउने कोसिस भइरहेको छः नेता सिंह

विदेशी शक्तिको आडमा देशमा धार्मिक द्वन्द निम्त्याउने कोसिस भइरहेको छः नेता सिंह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक सिंहले विदेशी शक्तिको आडमा देशमा धार्मिक द्वन्द निम्त्याउने कोसिस भइरहेको आरोप लगाएका छन् । 

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले विदेशी शक्तिको आडमा देशमा द्वन्द्व निम्त्याउन खोजिएको भन्दै त्यसविरुद्ध एकजुट भएर लाग्ने बताएका हुन् । उनले देशमा जसको रगत बगेपनि नेपाली रगत नै बग्ने र रमाईलो विदेशी दलालहरुलाई हुने भन्दै हिजो जसरी मिलेर बसेका थियौ भोली पनि बस्नु पर्ने बताए।

उनले भने, ‘विदेशी शक्तिको बलबाट षड्यन्त्र गरिरहेको छ । हिन्दु धर्मलाई खलबलाउँनको लागि अब नेपालका सबै हिन्दु परिवारले यसलाई सचेत गराउँने छ। देशमा जति नै लडाइ भएपनि यहाँ जसको रगत बगेपनि नेपालीको नै बग्ने हो रमाईलो त विदेशी दलाललाई हुन्छ त्यसकारण यो दिन आउनु हुदैँन । हिजो जसरी हामी एउटा परिवारको रुपमा थियौ भोली पनि होस ।’

नेता सिंहले धार्मिक र जातित्वको कुनै पनि द्वन्द्व देशमा नचाहेको पनि बताए । उनले भने, ‘हामी यो देशमा धार्मिक र जातित्वको कुनै पनि द्वन्द्व यो देशमा चहादैँनौ हामी अहिलेसम्म टिकेका छौँ । हामी सबै हिन्दु नेपालीले गौमातालाई आमाको नाममा पूजा गर्छौ, संरक्षण गर्छौ । त्यसलाई कसैले प्रभाव पार्छ भने नेपालको संविधानमा जुन यो गणतन्त्रवादीहरुले बनाएको संविधान छ, कानून अनुसार कारबाही गर्नुस् ।’

२७ गते भृकुटी मण्डपमा धर्म रक्षाको लागि हुने आन्दोलन हुने उनले बताए ।

Logo