चार दल सम्मिलित समाजवादी मोर्चाको आज सुदूरपश्चिम प्रदेशमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ।
एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति निधन भएपछि सन्देशसभा स्थगित गरिएको बताइएको छ।
सभालाई सम्बोधन गर्नका लागि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज बिहान त्यसतर्फ जाने तयारीमा थिए। जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ भने हिजो नै धनगढी पुगिसकेका थिए।





























प्रतिक्रिया