नेकपाभित्रका असन्तुष्टिलाई नेताहरुले पोखे सामाजिक संजालमा , कसले के भने ?

नेकपाभित्रका असन्तुष्टिलाई नेताहरुले पोखे सामाजिक संजालमा , कसले के भने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाभित्र पछिल्लो समय देखिएको विवादलाई नेता तथा मन्त्रीहरुले संचारकर्मी सामु लुकाउने प्रयास गरे पनि सामाजिक संजालमा भने खुलेरै व्यक्त गर्ने गरेका छन् । मंगलबारको स्थायी कमीटी बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्रीको कार्यशैली प्रति अक्रोश व्यक्त गरेको र कही शीर्षनेताले राजीनामा समेत मागेपछि आज बिहान प्रधानमन्त्रीले आफू निकट स्थायी कमीटी सदस्य र मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । उता राति नै केही मन्त्री र नेताहरुले पार्टीभित्र मौलाएको विकृति र राजनीतिक संकटलाई सामाजिक संजालमा लेखेका छन् ।

यसैक्रममा पार्टीभित्र नाटकीय रूपमा विकसित सत्ता–संघर्षलाई लिएर कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा ट्वीट गरेका छन् ।

राति १ बजेर ३ मिनेटमा नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो । अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो  । नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’

यस्तै पर्यटनमन्त्री योगेश भट्टराईले पनि आफ्नो सामाजिक संजालमा पार्टीभित्रको संघर्षलाई लिएर लेखेका छन्, ‘आदरणीय कमरेडहरू, एकपटक आफैंलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद ।’

उता पूर्व संचारमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पनि यस्तै आशयको विचार लेखेका छन्, ‘एमालेमा कहिले पस्ने ? म त्यहीं छु, जबजभित्रै छु । फरक केवल यही छ कि पार्टी नेकपा भएको छ, भयो होला नि उत्तर फेसो खोज्दै हिँड्नेहरूलाई ।’

उनले अर्को स्टाटसमा भनेका छन्, ‘प्रधानमन्त्रीका कमजोरी होलान्, तर प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाइनका स्पष्ट श्रृंखला हुन् । बदनाम, आक्रमण र ध्वस्त । चरणहरू यिनै हुन् । बाँकी धैर्यतापूर्वक हेरौँ । अरूलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’

नेकपामा जारी स्थायी कमीटी बैठक र पछिल्लो राजनीतिक अवस्थालाई चासोका रुपमा हेरिएको छ ।

Skip This
Skip This
Logo