काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका आफू निकट सदस्य तथा मन्त्रीलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका बुझिएको छ ।
मंगलबारको पार्टी स्थायी कमिटी बैठकमा १७ जना नेताले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि ओली अफ्ट्यारोमा परेका छन् । यस विषयमै छलफल गर्न उनले आज बिहान आफू निकटमा सदस्य र मन्त्रीहरुलाई बोलाएका हुन् ।
ओलीले मंगलवार नै दुई पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए । नेकपामा पछिल्लो समय चुलिएको विवाद सतहमा आए पछि ओली समस्यामा परेका छन् ।































प्रतिक्रिया