नेकपा एकीकृतका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

नेकपा एकीकृतका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य  शंकर विश्वकर्माको निधन भएको छ। ५९ वर्षीय विश्वकर्माको गएराति ह्दयघातका कारण निधन भएको नेकपा एसका नेता दिलु पन्तले जानकारी दिइन्। 

शौचालय गएर आएपछि सुतेका उनी नचलमलाएपछि अल्का अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउने  साथ उनलाई मृत घोषणा गरिएको हो। 

रौतहटको गौर स्थायी घर भएका उनी परिवारसहित ललितपुर बस्दै आएका थिए। विहान ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यायल आलोकनगर राखिएको थियो।

उनको आजै दिउँसो पशुपतिमा अन्त्येष्ठि गर्ने तयारी छ। मुक्ति संगठनका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माका एक छोरा, छोरी र श्रीमती छन्। 

Logo