च्यासल पुगेर प्रधानमन्त्री प्रचण्डद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण [तस्विरमा]

च्यासल पुगेर प्रधानमन्त्री प्रचण्डद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन्। 

मंगलबार दिउँसो ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डले नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी छवि बनाएका नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका हुन्।

नेम्वाङलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरू पनि च्यासल पुगेका छन्। 

 

May be an image of 4 people

Logo