गौ हत्याको विरोधमा राप्रपाले काठमाडौँमा प्रदर्शन गर्ने

गौ हत्याको विरोधमा राप्रपाले काठमाडौँमा प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।गौ हत्याको विरोधसहित राजतन्त्र पूर्नबहाली, हिन्दु राष्ट्रको माग,संघीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो। 

राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भृकुटीमण्डपमा सो प्रदर्शन गरिनेछ। साे विराेध प्रदर्शन १२ बजेबाट सुरू हुनेछ।राप्रपाले गौ हत्या बढेपछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ। सोही क्रममा आज काठमाडौँमा प्रदर्शन गर्न लागेको हो।   

Skip This
Skip This
Logo