सुवास नेम्वाङका दुवै छोरा आइपुगे काठमाडौं

सुवास नेम्वाङका दुवै छोरा आइपुगे काठमाडौं

केन्द्रबिन्दु
0
Shares

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ पनि काठमाडौं आइपुगेका छन् । 

बेलायतमा रहेका मिङ्सो बुबाको निधनपछि बुधबार काठमाडौं आएका हुन् । १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ पनि काठमाडौं आइसकेका छन् । उनका २ छोरीहरू पनि काठमाडौंमा नै छन्। 

दुवै छोराहरूले च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन् । 

एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको थियो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गएराति अचानक हृदयघात भएको थियो। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।  

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे पशुपतिमा हुने बताइएको छ । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ। एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ।

Skip This
Skip This
Logo