काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेकपा स्थायी कमिटीको आज चौथो बैठक बसेको छ । नेताहरूले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रतिप्रश्न तेर्साएका छन् ।
यस्तै भारतले चिनियाँ मोवाइल एप तथा सामाग्रीको प्रयोगमा प्रतिबन्ध लगाउन सुरु गरेको छ । सोमबार यस्ता एपहरूबाट गोप्य सूचना लिक भएको भन्दै टिकटकसहित ५९ चिनियाँ मोवाइल एपमाथि प्रतिबन्ध लगाएको हो ।
यस्तै पछिल्लो तीन महिनाको अवधिमा विदेशमा रहेका ३ सय १८ नेपालीको विभिन्न कारणले मृत्यु भएको छ ।
यता नेपाल राष्ट्र बैंकले बिग मर्जर (वाणिज्य बैंकवीचको मर्जर) लाई मौद्रिक नीतिमार्फत दबाबमुलक रुपमा लैजाने भएको छ । चालु आर्थिक वर्षमा ल्याउने प्रयास गरिएको बिग मर्जर नीति आगामी वर्षको मौद्रिक नीतिमा विशेष प्राथमिकता साथ ल्याइने भएको हो ।
यस्तै अमेरिकी सहयोग परियोजना ‘मेलेनियम च्यालेन्ज कर्पोरेसन’ एमसीसी कार्यान्वयन थालनी गर्ने आज अन्तिम मिति भए पनि संसदबाट पास नहुन नसक्दा त्यो सम्भव हुन सकेन । कार्यान्वयन थालनीको नयाँ मिति तय गर्न नेपाल र अमेरिका आन्तरिक रूपमा तिव्र छलफलमा जुटेका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला :





























प्रतिक्रिया