नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य एवं पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।बिहीबार बसेको संसदीय दलको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दायाँपट्टी उपाध्यक्ष नेम्वाङ बस्ने सोफाको सधैं बस्ने स्थान खाली राखेर भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनु परेको बताए । उनले देश, जनता र पार्टीप्रति गरेको त्याग कहिले नभुल्ने र यो नेम्वाङको निधन सबैको लागि ठूलो क्षति भएको बताए । उनले भने, 'उहाँजस्तो लिडिङ फिगर गुमाउनु सिंगो प्रणालीलाई क्षति हो । सरकारले सम्मानमा कुनै कञ्जुस्याइँ गरेन । राजकीय सम्मान, बिदा घोषणा गर्यो ।'
उनले थपे- 'राजनीतिक दलभन्दा माथि उठेर सभामुखका रूपमा संविधान, कानुनअनुसार चल्ने, आफैंले आफैंलाई कानुनमा बाँध्नुपर्छ, कानुनअनुसार चल्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।'





























प्रतिक्रिया