कार्यवाहक प्रधानमन्त्री खड्कालाई चीन भ्रमणकाे निम्ताे

कार्यवाहक प्रधानमन्त्री खड्कालाई चीन भ्रमणकाे निम्ताे

केन्द्रबिन्दु
0
Shares

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेटघाट गरेका छन् । 

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएकाे भेटमा कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौं पुरानो दुईपक्षीय सुमधुर सम्बन्ध रहेको बताएका छन् । उनले नेपाल एक चीन नीतिप्रति सदैव दृढतापूर्वक प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे । 

नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगको लागि कार्यवाहक प्रधानमन्त्री खड्काले आभार व्यक्त गरे । उनले प्रधानमन्त्रीकाे आगामी साता हुने चीन भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे । 

उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा चीनले पुर्‍याउँदै आएको सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरे । 

सो अवसरमा चिनियाँ राजदूत सोङ्गले नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताए । साथै, दुई देशबीच उच्चस्तरीय भ्रमण निरन्तर हुनुपर्ने कुरामा जोड दिँदै उनले चीनको Xizang Autonomous Region (XAR) को Linzhi शहरमा आगामी अक्टोबर ४-६, २०२३ सम्म हुने The Third Trans-Himalayan Forum for International Cooperation कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको सहभागिताका लागि चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट पठाएको निमन्त्रणासमेत हस्तान्तरण गरे । 

उक्त अवसरमा रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकृत साथै, चिनियाँ राजदूतावासका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Skip This
Skip This
Logo